gyankura.com नेपाली भाषामा उपयोगी, सरल र भरपर्दो जानकारी प्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको एक ज्ञानमूलक ब्लग हो। यहाँ म आम नेपाली नागरिकलाई दैनिक जीवनमा काम लाग्ने विषयहरू सहज भाषामा बुझाउने प्रयास गर्दछु।
gyankura.com किन सुरु गरिएको हो?
नेपालमा धेरै जानकारी इन्टरनेटमा भए पनि ती जानकारीहरू या त अंग्रेजीमा मात्र उपलब्ध छन्, वा जटिल भाषामा लेखिएका हुन्छन्। नेपाली भाषामा लेखिएका उपयोगी कुराहरु एकदमै न्यून छ। सरकारी सेवाहरू, शिक्षा, करियर र डिजिटल सीपजस्ता विषयमा मानिसहरू अलमलमा पर्ने अवस्था देखेर gyankura.com सुरु गरिएको हो।
म को हुँ?
मेरो नाम सुरेश बहादुर विश्वकर्मा हो। म लुम्बिनी प्रदेशको तिलोत्तमाबाट हुँ। मलाई नयाँ र उपयोगी कुराहरु सिक्ने, बुझ्ने र त्यसलाई सबैमाझ बाँड्ने रुचि छ। मैले सिकेका कुरा, अनुभव र अनुसन्धानका आधारमा तयार गरिएका जानकारीहरू यस प्लेटफर्ममार्फत साझा गर्दैछु। मेरो उद्देश्य कुनै भ्रम फैलाउनु होइन, बरु सही स्रोतको आधारमा जानकारी सरल बनाउनु हो।

gyankura.com मा के के पाइन्छ?
यस वेबसाइटमा तपाईंले:
- सरकारी कार्यालयहरूले प्रदान गर्ने सेवाहरूको प्रक्रिया
- शिक्षा, परीक्षा र करियर सम्बन्धी जानकारी
- ब्लगिङ, डिजिटल सीप र अनलाइन अवसर
- दैनिक जीवनमा काम लाग्ने उपयोगी जानकारी आदि पाउनु हुनेछ।
पारदर्शिता र विश्वास
gyankura.com कुनै सरकारी वेबसाइट होइन। यहाँ दिइएका जानकारीहरू आधिकारिक स्रोतको आधारमा तयार गरिन्छ र सम्भव भएसम्म update राखिन्छ। यद्यपि नियम र प्रक्रियामा परिवर्तन हुन सक्ने भएकाले अन्तिम निर्णय अघि सम्बन्धित सरकारी कार्यालय वा आधिकारिक वेबसाइट जाँच गर्न अनुरोध गर्दछौं।
सम्पर्क
यदि तपाईंलाई कुनै सुझाव, प्रश्न वा सुधारको आवश्यकता लागेमा Contact Page मार्फत मलाई सम्पर्क गर्न सक्नुहुन्छ।
ज्ञान साटासाट गरौँ, सँगै अघि बढौँ।